गोब्रे र कन्ये च्याउखेतीबाट वार्षिक १२ लाख आम्दानी

पर्वत । जिल्लाको जलजला गाउँपालिका–८ की सावित्री खत्रीले गोब्रे र कन्ये च्याउखेतीबाट वार्षिक १२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेकी छन्। चारवटा टनेलमा च्याउ उत्पादन गर्दै आएकी उनले यस वर्ष मात्रै सात लाख रुपैयाँ च्याउ बिक्रीबाट कमाएकी छन् भने अन्य तरकारी खेतीबाट थप पाँच लाखको आम्दानी गरेकी छन्। श्रीमान्को साथमा कृषि पेसा अगाडि बढाउँदै आएकी खत्रीले च्याउखेतीबाटै छोरीलाई विदेशमा पढाउन र बैंकमा बचत गर्न सफल भएकी छन्।