बंगुर पालनबाट वार्षिक ७ लाख बचत: बंगुर पालनले फेरियो जीवन

काठमाडौ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरकी मधुमाया जिसी र उनका श्रीमान् विष्णुबहादुर गुरुङ ले दुई वटा बंगुरबाट सुरु गरेको व्यवसायलाई आज सफल व्यावसायिक फार्ममा रूपान्तरण गरेका छन्।

हाल उनीहरूको फार्ममा करिब ४० वटा बंगुर छन्। पाठापाठी उत्पादन तथा बिक्रीसँगै मासुका लागि पनि बंगुर बिक्री गर्दै उनीहरूले सबै खर्च कटाएर वार्षिक ६–७ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन्।

यस व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा दिलाउनुका साथै जग्गाजमिन जोड्न सफल भएका उनीहरू अहिले बंगुरसँगै बाख्रा र कुखुरा पालन पनि गरिरहेका छन्। बंगुरको मलबाट गोबर ग्यास उत्पादन गरी घरायसी प्रयोजनमा समेत प्रयोग गरिरहेका छन्।

यस भिडियोमा उनीहरूको सफलताको कथा, बंगुर पालनका चुनौती, आम्दानी र स्थानीय सरकारले किसानलाई दिएको प्रोत्साहनबारे जानकारी प्रस्तुत गरिएको छ।