मुक्तक दोहोरी: धादिङका हिरामाया श्रेष्ठ र गणेश तामाङका १८ मुक्तकहरु

कला/साहित्य, धादिङ । मुक्तक मञ्च धादिङ शाखामा आबद्ध मुक्तकार एबं साहित्यकार गजुरी – १ धादिङका हिरामाया श्रेष्ठ र बेनिघाट रोराङ गाउँपालिका धादिङका गणेश वाईवा तामाङका मुक्तक दोहोरीमा उल्लेख भएका १८ मुक्तकहरु यस्ता रहेका छ्न ।

मुक्तक १
तिम्रै तीखो तिरले मुटु रेट्छु भन्छौ
एउटा तस्वीर पठाउ झल्को मेट्छु भन्छौ
बाहिरी कुराले मलाई ठिक्क पारी
भित्री मनले अर्कैसङ्ग भेट्छु भन्छौ।
हिरा माया श्रेष्ठ
गजुरी १ धादिङ

मुक्तक २
बाहानाहरु अनेक अनेक बनाई छैन भेटेको
झुटा आश्वासन र माया देखाई छैन भेटेको
भित्री मनमा पनि तिमीलाई नै सजाएको छु
तिमी लाई ढाँटी ढाँटी अरुलाई छैन भेटेको
गणेश तामाङ वाइबा
ताल्ती धादिङ नेपाल

मुक्तक ३
केहि भय म मा खोट माफ गर प्रिय ।
दिएको भय अनेक चोट माफ गर प्रिय ।
पहिलो अनि अन्तिम सहयात्री बन्न सकिनँ,
अगतिलो पर्यो मायाको बोट माफ गर प्रिय।
हिरा माया श्रेष्ठ
गजुरी १ धादिङ

मुक्तक ४
साँच्चै मलाई ढाँटी जान मिल्छ र
झुटो प्रेम गाँसी जान मिल्छ र
पहिले माया गर्छु भनेर फसायौ
के अहिले छाडी जान मिल्छ र
गणेश तामाङ वाइबा
ताल्ती धादिङ नेपाल।

मुक्तक ५
नाचेरै बस्यो छम्म छम्म सम्झिएको छैन ।
भएको छ पियर झम्म सम्झिएको छैन ।
बरु बिर्सने मान्छेले झन सम्झिरहेको छ,
तर सम्झिने मान्छेलै अझै सम्म सम्झिएको छैन ।।
हिरा माया श्रेष्ठ
गजुरी १ धादिङ

मुक्तक ६
बरु खान छोडुँला बरु म भात सम्झिरहेको छु
खल्लो लाग्छ दिन नगर्दा बात सम्झिरहेको छु
बिर्सनेले त बिर्से होला तर पनि ओए कान्छी
मैले अचेल तिमीलाई दिनरात सम्झिरहेको छु
गणेश तामाङ वाइबा
ताल्ती धादिङ नेपाल।

मुक्तक ७
नखाईकन एकदिन भात कस्तो हुन्छ याद गर्नु ।
नगरी बस्दा मीठा बात कस्तो हुन्छ याद गर्नु ।।
टाढा छौ तिम्रो याद संझनाले सताउदा बेस्सरी ।
एक्लोपनको कठिन रात कस्तो हुन्छ याद गर्नु ।।
हिरा माया श्रेष्ठ
गजुरी १ धादिङ

मुक्तक ८
कयौं समस्या अरु याद गरेको छु मैले
हुन्छ साँच्चै के गरुँ याद गरेको छु मैले
तिमी बरु बिचार गर्नु है यस्ता कुराहरु
त्यस्ता कयौ पलहरु याद गरेको छु मैले
गणेश तामाङ वाइबा
ताल्ती धादिङ नेपाल।

मुक्तक ९
काडै काडाको बिचमा म फुल्न पुगेछु ।
तिमीलाई सम्झी आफैलाई भुल्न पुगेछु ।।
छर्दै गयौ तिमीले भरोसाको ती बीउहरु
त्यही आश्वासनकै रनभुलमा डुल्न पुगेछु
हिरा माया श्रेष्ठ
गजुरी १ धादिङ

मुक्तक १०
प्रेमिका भनेर तिम्रै नाम दिन्थे कुनै बेला
तिमी सम्झेर बाहिर निस्किन्थे कुनै बेला
बुझेनौ कहिले पनि मेरा मनको ब्यथाहरु
म पनि त तिम्रै यादमा तड्पिन्थे कुनै बेला
गणेश तामाङ वाइबा
ताल्ती धादिङ नेपाल।

मुक्तक ११
लाग्थ्यो जबानीको धेरै मात साथमा तिमि नहुदा ।।
आउथ्यो याद गरेका ती बात साथमा तिमि नहुदा ।
तिमीले छोडेर गएको दिन देखि बेचेन भएको छु म
कटाउन कठिन हुन्छ रात साथमा तिमी नहुदा
हिरा माया श्रेष्ठ
गजुरी १ धादिङ

मुक्तक १२
सम्हाल्न नसक्नेले पवित्र मन लियौ किन
धोकाको जल बनाई घटघटी पियौ किन
घात गरेर अहिले फेरि माया गर्छु भन्छौ
माया गर्ने भए आखिर धोका दियौ किन
गणेश तामाङ वाइबा
ताल्ती धादिङ नेपाल।

मुक्तक १३
मिल्दैन थियो हाम्रो जात बिस्वाश गर।
बाआमाले गरेका हुन पक्षपात बिस्वाश गर।
जातिय बिभेद बिचमै खडा भैदियो प्यारा,
जानि जानि गरेको होईन घात बिस्वाश गर।।
हिरा माया श्रेष्ठ
गजुरी १ धादिङ

मुक्तक १४
जब रोपि दियौ मनमा छुरा मिलन कसरी हुनु
ईच्छा जति सबै भए अधुरा मिलन कसरी हुनु
सायद मैले पनि सकेको पहल गर्ने थिएँ होला
मलाई भन्दै भनेनौ यो कुरा मिलन कसरी हुनु
गणेश तामाङ वाइबा
ताल्ती धादिङ नेपाल।

मुक्तक १५
टुटिन्छ फुटिन्छ मन खेर नफाल्नु।
कठिन हुन्छ कमाउन धन खेर नफाल्नु।
यो जुनिमा यस्तै भयो अर्को जुनि कुर्नु तिमीले,
बिश्वासघातीलाई सम्झिएर जीवन खेर नफाल्नु ।
हिरा माया श्रेष्ठ
गजुरी १ धादिङ

मुक्तक १६
देउता झै सम्झी ढुङ्गालाई म छुँदै छुदै हिड्छु
झरेका आँसुले यो दुबै नयन धुदै धुदै हिड्छु
तिमी जहाँ हुन्छौ खुसी हुनु आफन्तहरु सँग
म त चोट खाएको मान्छे परेँं रुदैँ रुँदै हिड्छु
गणेश तामाङ वाइबा
ताल्ती धादिङ नेपाल।

मुक्तक १७
आफ्नाले नै दिन्छन चोट भनि चित्त बुझाउनु।
आफ्नै भाग्यमा रैछ खोट भनि चित्त बुझाउनु।
मेरो भाबी सन्तती राम्रा हुन्थे होलान् पक्कै,
अगतिलो परेछ मायाको बोट भनि चित्त बुझाउनू।
हिरा माया श्रेष्ठ
गजुरी १ धादिङ

मुक्तक १८
यस्तै भयो भन्दै बुझाउँदै मेरो मन बिताउला।
सम्झँदै तिमीले बोलेका मिठा बचन बिताउला।
चिन्ता लिनु पर्दैन तिमीले मेरो एकरत्ति पनि,
तिम्रो यादहरुलाई सम्झिएर जीवन बिताउला।
गणेश तामाङ वाइबा
ताल्ती धादिङ नेपाल।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here