मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ

काठमाडौ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरूद्ध संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन् । 

दर्जनौँको संख्यामा आएका विद्यार्थीहरुले निगमको मुल गेटमा भेला भएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले सरकारलाई यथाशिघ्र पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए आन्दोलन थप कडा बनाउने चेतावनी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here