विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र द्वारा राजीनामा

काठमाडौ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।
मिश्रले बुधबार एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष पदबाट राजीनामा दिएको बताएका हुन् ।

उनले वक्तव्यमा स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको र उक्त चुनावी परिणामको आफूले जिम्मा लिने उल्लेख गरेका छन् ।

गत ५ वर्षदेखि आफूले तन, मन र धनले भ्याएसम्म संयोजक र अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गरेको भन्दै मिश्रले उल्लेख गरेका छन्, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।
विवेकशीलले काठमाडौँ र भरतपुरसिहत देशका अधिकांश स्थानीय तहमा उम्मेदवारी दिएको थियो । तर विवेकशीलका उम्मेदवारले अपेक्षित परिणाम भने ल्याउन सकेनन् ।
विवेकशील साझा पार्टीले यस पटक बाराको फेटा गाउँपालिकामा अध्यक्षसहित केही वडामा मात्र जित हात पारेको छ । फेटामा विवेकशीलका रुस्तम अन्सारी अध्यक्ष र नीलम साह उपाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तह चुनावमा पार्टीले व्यहोरेको चुनावी परिणामका कारण मिश्रमाथि नैतिक दबाब परेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here