धादिङ । तामाङ सेलो संगीतप्रेमीहरूका लागि नयाँ कोशेली स्वरूप “Kya Babal” नामक गीत आज दिउँसो ठीक ४ बजे सार्वजनिक हुँदैछ।
Prem Waiba Official मार्फत रिलिज हुन लागेको यस गीतले आधुनिकता र मौलिक तामाङ संस्कृतिको सुन्दर समिश्रण प्रस्तुत गर्ने विश्वास गरिएको छ। धादिङ जिल्लाको खनियाबास गाउँपालिका–१, झार्लाङमा जन्मिएका कलाकार सुमन चोथेन लामा (Suman Chothen Lama) को स्वर तथा संगीतले गीतलाई विशेष बनाएको निर्माण पक्षले जनाएको छ।
गीतमा जितु लोप्चन (Jitu Lopchan) र सुमन छोथेन लामाको सशक्त स्वर सुन्न पाइनेछ भने शब्द तथा निर्माण प्रेम वाइबा (Prem Waiba) ले गरेका हुन्। संगीत संयोजनमा परम्परागत तामाङ सेलोको स्वादलाई जोगाउँदै नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरिएको छ।
म्युजिक भिडियोमा याङ्गी डोङ (Yangi Dong) र सञ्जीव ठोकर (Sanjeeb Thokar) को जीवन्त अभिनय देख्न पाइनेछ। भिडियोको निर्देशन तथा कोरियोग्राफी स्वयं सञ्जीव ठोकरले गरेका हुन्, जसले दृश्यलाई अझ आकर्षक बनाएको छ।
समग्रमा, संगीत, नृत्य र दृश्य संयोजनको सन्तुलनले “Kya Babal” लाई यस वर्षकै चर्चित तामाङ सेलो गीतमध्ये एक बन्ने अपेक्षा गरिएको छ।






