धादिङ । क्यान्सरबाट पीडित वीर बहादुर तामाङलाई विभिन्न व्यक्तिहरूबाट आर्थिक सहयोग प्रदान गरिएको छ। रुवीभ्याली–५ लापा स्थायी घर भई हाल धादिङबेसी मालेबगरमा बसोबास गर्दै आउनु भएका तामाङलाई चितवन तथा भारतको विभिन्न स्थानमा कामको शिलशिलमा रहेका २७ जना लापाली समुदायहरु मार्फत नगद रु २३ हजार सहयोग प्राप्त भएको हो। उक्त रकम हाल भारतमा रहनु भएका तिर बहादुर तामाङ (कोपिला ) र म्लाङ्गे तामाङको नेतृत्वमा संकलन गरिएको हो ।
सहयोगी दाताहरुको विवरण:

वीर बहादुर तामाङ लामो समयदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित हुनुहुन्छ। शिक्षण अस्पतालमा रेडियोथेरापी, पहिलो चरणको शल्यक्रिया तथा ६ पटक किमोथेरापी गरिसक्नु भएको छ। चिकित्सकका अनुसार अब दोस्रो चरणको शल्यक्रिया आवश्यक रहेको छ।
हालसम्म उपचारमा झण्डै २० लाख रुपैयाँ खर्च भइसकेको र थप लाखौं रकम आवश्यक पर्ने भएकाले परिवारले आर्थिक अभावका कारण सहयोगको अपिल गरेको छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले बिरामीको बैंक खातामा वा क्यूआरमार्फत रकम पठाउन सक्नेछन्।
नाम: BIR BAHADUR TAMANG
खाता प्रकार: Normal Saving (Primary)
खाता नम्बर: 02720100108551000001
बैंक: Muktinath Bikas Bank






