धादिङ । रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ मुनि एक्सपो २०२५ मा सहभागी हुन इजरायल प्रस्थान गर्नुभएको छ।
इजरायल सरकारको निमन्त्रणामा सो भ्रमणमा जानुभएका अध्यक्ष तामाङले स्थानीय शासन सुदृढीकरण, पूर्वाधार तथा प्रविधि क्षेत्रका अन्तर्राष्ट्रिय अनुभव साटासाट गर्ने लक्ष्य राख्नु भएको छ।
मुनि एक्सपो (MUNI EXPO) स्थानीय सरकारका नेतृत्व, विकास साझेदार तथा प्रविधि प्रदायकहरूबीच सहकार्य र नवप्रवर्तन प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय सम्मेलन हो।
अध्यक्ष तामाङको सहभागिताले गाउँपालिकाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै भावी विकास योजनाहरूमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।
उहाँलाई गाउँपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी तथा शुभेच्छुकहरूले सफल तथा ज्ञानवर्धक यात्राको शुभकामना व्यक्त गरेका छन्।






