धादिङ । नीलकण्ठ ४, सिपी चोकमा बिहीबार बेलुकी करिब ८ बजे तिर निर्मला तामाङको पर्स हराएको छ। हराएको पर्समा केही नगद रकम, एटीएम कार्ड, व्यक्तिगत फोटोहरू र महत्वपूर्ण कागजातहरू रहेको परिवारले जनाएको छ।
पर्स हराएको जानकारी सार्वजनिक गर्दै परिवारले जसले उक्त पर्स फेला पारेर फिर्ता गरिदिन्छ, त्यसलाई उचित पुरस्कार प्रदान गरिने जनाएको छ।
पर्स फेला पारेमा ९८०३१४७५०३ मा सम्पर्क गरी सहयोग गर्न परिवारले अनुरोध गरेको छ।
इमानदार व्यक्तिको सहयोगले ठूलो राहत पुग्ने भन्दै सबैलाई साथ र सद्भावको अपेक्षा गरिएको छ।







