त्रिपुरासुन्दरी गाउँपालिकामा जिल्ला न्यायिक समिति द्वारा अनुगमन

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकामा आज न्यायिक समितिको अनुगमन कार्यक्रम सम्पन्न भएको छ। धादिङ जिल्ला अदालतबाट पाल्नु भएकी माननीय न्यायाधीश श्रीमती मन कुमारी जी.यस.विक. लगायतको नेतृत्वमा आएको टोलीले अनुगमनका क्रममा गाउँपालिकाको न्यायिक समितिको कार्यप्रणाली, स्थानीय न्याय सम्पादन प्रक्रिया र न्यायिक पहुँच सम्बन्धी समसामयिक विषयमा अवलोकन गर्नुभएको छ ।

अनुगमन टोलीलाई गाउँपालिकाको तर्फबाट उपाध्यक्ष तथा न्यायिक समिति संयोजक श्री देवराज धरेल , प्रमुख प्रशासकीय अधिकृत श्री राजु अधिकारी र न्यायिक सहजकर्ता श्री निर्मल खत्रीले स्वागत गर्नुभयो।

कार्यक्रमका क्रममा गाउँपालिका भित्र देखा परिरहेका न्यायसम्बन्धी चुनौती, विवाद समाधान प्रक्रिया, समितिको सक्रियता र नागरिकको न्यायप्रति विश्वास विषयमा छलफल भएको थियो।

माननीय न्यायाधीश ज्यूले स्थानीय तहमा न्यायिक समिताको भूमिकालाई महत्वपूर्ण बताउँदै कानुनी साक्षरता अभिवृद्धि र समयमै न्याय प्रवाहका लागि स्थानीय तहले खेल्नुपर्ने भूमिकामा जोड दिनुभयो।

यस अवसरमा त्रिपुरासुन्दरी गाउँपालिकाको न्यायिक समितिको कामप्रति सकारात्मक प्रतिक्रिया दिँदै, आगामी दिनमा अझ प्रभावकारी न्यायिक सेवा प्रवाह गर्न सुझाव समेत दिइएको थियो।