धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–५ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि अपाङ्गता परिचयपत्र (कार्ड) पुनरावलोकन कार्यक्रम सम्पन्न भएको छ।
आज आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल प्रमुख आतिथ्यमा रहनुभएको थियो। कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष कुशबहादुर सिटौला, सम्बन्धित शाखाकी प्रमुख पार्वती रेग्मी बुर्लाकोटी, सल्यानटार प्राथमिक उपचार केन्द्रका प्रमुख मनिष कुमार लगायत सुरक्षा निकायका प्रतिनिधिहरू तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले अपाङ्गता परिचयपत्रको पुनरावलोकन प्रक्रिया, सेवा सुविधा र आवश्यक सुधारका विषयमा छलफल गरेका थिए।






