धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाले सामुदायिक तथा छाडा कुकुर नियन्त्रण तथा रेबिज रोग न्यूनीकरणका लागि निःशुल्क कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको उक्त शिविर गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिने जनाइएको छ । गाउँपालिकाका अनुसार बढ्दो छाडा कुकुरको समस्या नियन्त्रण गर्दै रेबिज संक्रमण रोकथाम गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
सूचना अनुसार शिविरको तालिका यस प्रकार रहेको छः
जेठ ८ गते — वडा नं. ६ को कार्यालय परिसर, आगिन्चोक
जेठ ९ गते — वडा नं. १ को कार्यालय परिसर, सल्यानटार
जेठ १० गते — वडा नं. २ स्थित गाउँपालिका कार्यालयको पशुपन्छी प्रयोगशाला
शिविर बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।
गाउँपालिकाले स्थानीय बासिन्दालाई आफ्ना क्षेत्रमा रहेका सामुदायिक तथा छाडा कुकुर नियन्त्रण अभियानमा सहयोग गर्न अनुरोध गरेको छ । साथै थप जानकारीका लागि सम्बन्धित वडाका पशु सेवा प्राविधिक वा गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ ।






