त्रिपुरासुन्दरी गाउँपालिकामा बाल क्लब क्षमता विकास तालिम सम्पन्न

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गाउँपालिका स्तरीय बाल क्लब क्षमता विकास तालिम सम्पन्न भएको छ। बाल मैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी बनाउन तालिम आयोजना गरिएको हो।

तालिममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुँदा, विशेष अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी, विभिन्न वडाका वडा अध्यक्षहरू तथा महिला तथा बाल विकास शाखा प्रमुख बिना सिटौला सहभागी हुनुहुन्थ्यो।

बाल क्लबको क्षमता अभिवृद्धि गर्दै बालबालिकालाई नेतृत्वदायी भूमिकामा सहभागी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।