बर्ष फेरियो तर जीवन फेरिएन: कविता

आस्था सी, कला/साहित्य । नयाँ वर्ष आयो- साल त फेरियो
गरिब जनताको जीवनशैली उस्तै छ
कहिले पनि पुरा नहुने सपना उस्तै छ
काम उस्तै छ, पीर उस्तै छ, जीवनको कथा उस्तै छ
साल त फेरियो हजुर
तर गरिब जनताको जीवन उस्तै छ !

दिन उस्तै छ, रात उस्तै छ,
खाने खाना उस्तै छ, नाना उस्तै छ,
राति सुत्दा आकाश देखिने घरको छाना उस्तै छ
साल त फेरियो तर गरिबको जीवन उस्तै छ । ।

माटो उस्तै छ जमिनको, बाटो उस्तै छ
कहिले सिधा त कहिलै घुमाउरो मोड
क्रान्तिको बाटो उस्तै छ
हरेक पिडासंग संघर्ष गर्दै बाच्नु पर्ने
जंगलको निवास उस्तै छ ।
साल त फेरियो हजुर तर
गरिब जनताको जिवन उस्तै छ ।

खाने खाना उस्तै छ नाना उस्तै छ
राति सुत्दा आकाश देखिने घरको छाना उस्तै छ ।
साल त फेरियो तर गरिबको जिवन उस्तै छ ।।

माटो उस्तै छ जमिनको बाटो उस्तै छ
कहिले सिधा त कहिलै घुमाउरो मोड
क्रान्तिको बाटो उस्तै छ
हरेक पिडासंग संघर्ष गर्दै बाच्नु पर्ने
जंगल को निबास उस्तै छ ।
साल त फेरियो हजुर तर
गरिब जनताको जिवन उस्तै छ।।

रोकिदैन क्रान्ति र समाजवादको लक्ष्य उस्तै छ
जनताको मुक्ति गर्ने त्यो सुन्दर सपना उस्तै छ
त्यो मुक्ति यात्राको एक यात्री हुँ म
समस्यालाई समाधान गर्दै
अगाडि बढने जागर उस्तै छ !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here