वर्षमान पुनको आमालाई गोली प्रहार: एक प्रहरी हवलदार पक्राउ

काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरीका सहायक हवलदारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।

गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए । उनको खुट्टामा गोली लागेको छ । 

आरोपीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । नातामा तिर्थमाली उनको हजुरआमा हुन् ।

प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गरेका हुन् । घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here