पहिरोमा परी डोटीमा ११ जनाको मृत्यु ; दर्जनौं मानिसहरु बिस्थापित

कार्तिक – ३ । डोटीमा पहिरोमा परी थप दुई जनाको मृत्यु भएको छ । सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मंगलबार बेलुका पहिरोमा पुरिएर मृत्यु भएको हो ।

स्थानीय बासिन्दा रेखा शर्माका अनुसार हिरुवाका छोरा रमेश विक र भतिजा भीम विक घाइते भएका छन् । छोरा रमेश भने गम्भीर घाइते रहेको बताइएको छ ।
त्यस्तै हिजो नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोके मृत फेला परेका छन् । उनी घरदेखि १०० मिटर तल फेला परेका थिए । योसँगै डोटीमा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
त्यसैगरी आदर्श गाउँपालिको वडा नम्बर ६ बगिनागाउँका २५ घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीय हर्क बोहराले जानकारी दिएका छन् । विस्थापितहरूले बबिना माविमा आश्रय लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here