वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष नबनाउ’

युनिस तामाङ
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले वडाध्यक्ष वा वडा सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नहुने माग अघि सारेका छन् । 

मन्त्रिपरिषद्‌मा विचराधीन विधेयकमा वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य विद्यालयको अध्यक्ष हुने व्यवस्था गरिएको छ । व्यवस्थापन समिति महासंघले पत्रकार सम्मलेन गरेर अभिभावकलाई नै अध्यक्ष बनाउनु पर्ने माग अघि सारेको हो ।

शिक्षक महासंघले पनि अभिभावकबाटै वडाध्यक्ष चयन हुने व्यवस्था गरिनुनपर्ने धारणा राखेको छ । व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले अभिभावक भेलामार्फत अध्यक्ष चुनिनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षको कार्यकाल ५ वर्षे हुने र विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दा समितिको निर्णायक भूमिका हुनु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here