बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी बहादुरसिंह लामालाई

धादिङ, कार्तिक २ । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको हो ।

लामालाई २०८० कात्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नेपाल नआएसम्मको लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले होराईजन खबरलाई जानकारी दिएका हुन।

मुख्यमन्त्री जम्कट्टेल एक साताका लागि दुबई जान लागेको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here