धादिङ । कादुरी एग्रीकल्चरल एड एसोसिएसन र ब्रिटिश गोर्खाज नेपालको सहयोगमा रुबीभ्याली १ मा हालै निर्माण सम्पन्न गेब्ले खोला झोलुङ्गे पुल र पुरु खानेपानी आयोजनाको उद्घाटन तथा समुदायलाई हस्तान्तरण गरिएको छ ।
उक्त पुल निर्माण भए संगै त्यस खोला हुदै आवतजावत गर्ने थुप्रै स्थानीयहरु एबं विद्यार्थीहरुलाई सहज हुने भएको छ । भने पुरु खाने पानी योजनाले सयौ घरपरिवारले अति आवश्यक स्वस्थ खानेपानी पियुन पाउने भएका छन ।
बि. इ.एम. डाइरेक्टर एबं कार्यक्रमका प्रमुख अतिथि मेजर रिटायर्ड कृष्ण गुरुङ द्वारा उक्त झोलुंगे पुल तथा खानेपानीको उद्घाटन गर्नु भै समुदायलाई हस्तान्तरण गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा विशेष अतिथि प्रोजेक्ट सुपरभाइजर अब्राहम तामाङले खानेपानी योजना एबं उक्त खानेपानीको योजना बाट निर्माण भएका भौतिक बस्तुहरुको कसरी दीर्घकालीन रूपमा सुरक्षीत राख्ने भन्ने बारेमा भनाइहरु राख्नु भएको थियो भने प्रोजेक्ट सुपरभाइजर भोजकाल तिवारी, प्रोजेक्ट म्यानेजर प्रदीप कुमार सिलवालले झोलुङ्गे पुलको बारेमा एबं दीर्घकालीन सुरक्षाको बारेमा चर्चा गर्नु भएको थियो ।
कादुरी एग्रीकल्चरल एड एसोसिएसन संस्थाले बिगत लामो समय देखि आर्थिक रुपमा बिपन्न, हरेक क्षेत्र बाट पिछडिएको उत्तरी धादिङमा आवस्यकता अनुसार लघु जलविद्युत, हिड्नलाई गोरेटो बाटो, खोला तार्न झोलुङ्गे पुल, पियुनलाई खानेपानी, बस्न लाई भुकम्प प्रतिरोध आवास गृह लगायतका अति आवस्यक कुराहरु परिपुर्ति गर्दै उक्त क्षेत्रको जनजीवन सहज बनाउन काम गर्दै आइरहेको छ ।
पछिल्लो समय रुबीभ्यालीको वडा न १ मा पनि यस्तै किसिमका अति आवस्यक कुराहरु निर्माणमा लागि पर्दै आइरहेको छ ।