अर्थमन्त्री जनार्दन शर्मा द्वारा राजीनामा

काठमाडौ । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । सबै छानविनहरुका लागि तयार रहेको बताउँदै उनले राजीनामा दिएका हुन् । बुधबार प्रतिनिधि सभाको वैठकमा बोल्दै उनले राजीनामा दिएका हुन् ।
उनले प्रतिनिधि सभाको वैठकमा बोल्दै छानविन समितिले गर्ने काममा पुर्ण सहयोग गर्ने समेत बताएका छन् ।

बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका शर्मामाथि छानविन गर्न विषेश संसदीय छानबिन समिति बनाईएको थियो ।
आफुमाथि करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराएको आरोप लागेसँगै उनले राजीनामा दिएका हुन् । राजीनामा दिँदै उनले आवश्यकिय छानविनमा सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here