सहिद द्धन्दुको नाममा सहिद पार्क निर्माण र जीवनीलाई स्थानीय पाठ्यक्रममा समेट्ने: उपाध्यक्ष तामाङ

धादिङ । खनियाबासका उपाध्यक्ष सेक्केमान तामाङले सहिद द्धन्दुको जीवनीलाई स्थानीय पाठ्यक्रममा समेट्ने र उहाँको योगदानको सम्मानार्थ सहिद पार्क निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । जनयुद्धका महान् सहिद गणेश तामाङ(द्धन्दु) र राजु दाहाल(सागर) को २२ औँ स्मृति दिवसको अवसरमा बुधबार धादिङको उत्तरी क्षेत्र खनियाबाँस गाउँपालिकामा भएको एक कार्यक्रम सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

नेकपा(माओवादी केन्द्र) खनियाबास गाउँपार्टीका वरिष्ठ उपाध्यक्ष च्याबाराम तामाङको अध्यक्षतामा सम्पन्न स्मृति कार्यक्रममा खनियाबास गाउँपालिकाका उपाध्यक्ष एवं माओवादी केन्द्र खनियाबास गाउँपालिक इन्चार्ज सेक्केमान तामाङको प्रमुख आतिथ्य एबं अतिथिहरुमा माओवादी केन्द्र खनियाबास गाउँ कमिटीका सह–सचिव परेम बहादुर तामाङ, सहिद द्धन्दुकी आमा, श्रीमती र दिदी रहनुभएको थियो ।

कार्यक्रममा सहिद द्धन्दुको बाल्यकाल, जनयुद्धमा होमिदाको अवस्था र तात्कालिन साहि नेपाली सेनाद्धारा गरिएको धरपकड एवं हत्याका बारेमा स्मरण गर्नुको गर्नुको साथै बक्ताहरुले चर्चा परिचर्चा गरिएको थियो ।

युवा नेता प्रेम बहादुर तामाङले सहिद द्धन्दुको स्मरण र सम्मानार्थ उहाँकै नाममा स्थापित खेलमैदानलाई आफूले बजेट व्यवस्थापन गर्न पहल गरेको बताउनु भयो ।

सहिद द्धन्दु र सागरको २०५८ साल आषाढ २२ गते हिजो कै दिन नुवाकोटको तारुका चौकी आक्रमणका क्रममा सहिद हुनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here