नेपालमा २४ घण्टामा थप ६६७ जनामा कोरोना संक्रमण, ९११ संक्रमणमुक्त

असोज – २१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा बिहीबार ६६७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ लाख २८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा देशभर गरिएको ७ हजार २६४ पीसीआर परीक्षणमा ६६७ र ३ हजार ४०८ एन्टिजेन परीक्षणमा १३८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ६७२ परीक्षणमा ८०५  जना संक्रमित भएका छन् । 

पछिल्लो २४ घण्टामा थप ९११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७३ हजार १४० रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ ।
हालसम्म देशभर ४२ लाख ६४ हजार ६७ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १५ हजार ९४२ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here