याे वर्षकाे नोबेल साहित्य पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई

असोज – २१ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिने घोषणा भएको छ । अब्दुलरजकलाई उपनिवेशवादको प्रभाव र संस्कृति र महाद्वीपकाे बीच खाडीमा शरणार्थीहरूको स्थितिको करुणामय चित्रण गरेकाे विषयलाई लिएर सम्मानित गरिएको हो ।
अब्दुलरजक गुरनाहको जन्म सन् १९४८ मा भएको थियो र उनी जान्जिबिरको द्वीपमा हुर्किएका थिए । उनी सन् १९६० को दशकमा शरणार्थीका रूपमा इङ्ल्यान्ड पुगेका थिए ।
गुरनाहको चौथो उपन्यास प्याराडाइज (१९९४) ले उनलाई लेखकको रूपमा पहिचान दिएको थियो । उनका १० उपन्यासका साथै लघु कथाहरू पनि प्रकाशित भएका छन् । उपाधिसँगै तान्जानियाका उपन्यासकारले १० मिलियन स्विडिश क्रोना पाउने छन् । गएको वर्ष यो विधाको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here