कुलमान घिसिङले छोडे रास्वप: उज्यालो नेपाल पार्टी बाटै चुनाव लड्ने

काठमाडौं, पुस २६ — उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक आज काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता टुटेपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीले केन्द्रीय समिति बैठक बोलाएको हो।
शनिबार अपराह्न बसेको बैठकमा हालैको एकता विघटन, आगामी राजनीतिक रणनीति, संगठनात्मक अवस्था तथा भावी कार्यदिशाबारे व्यापक छलफल गरिएको पार्टी स्रोतले जनाएको छ। बैठकमा पार्टीका केन्द्रीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
एकता भाँडिएपछि उत्पन्न राजनीतिक सन्देश, पार्टीको भूमिका र आगामी कदमबारे स्पष्ट धारणा सार्वजनिक गर्न बैठकपछि पत्रकार सम्मेलन आयोजना गरिने जनाइएको छ। पत्रकार सम्मेलनमार्फत पार्टीले पछिल्लो राजनीतिक घटनाक्रमबारे औपचारिक जानकारी गराउने तयारी गरेको छ।