धादिङ । नेपाली कम्युनिस्ट पार्टी धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीले त्रिपुरासुन्दरी गाउँपालिकामा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने भएका छन् ।
पार्टीले फागुन ५ गते पालिकाका विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने तालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार भेटघाट बिहान ८ बजेदेखि सुरु हुने उम्मेदवारको सचिवालयले जनाएको छ ।
भण्डारीले खोल्सी बेलगाउँ, गाउँपालिका चोक, सिताल बजार, ठुलो गाउँ, साना गाउँ र सिक्टारलगायतका क्षेत्रमा मतदातासँग भेटघाट गर्नेछन् । ठुलोबेशी क्षेत्रमा दिउँसो १२ः३० बजे कार्यक्रम तय गरिएको छ भने बाडा गाउँ, बनियाँ गाउँ र आसपासका बस्तीमा पनि सोही दिन भेटघाट गरिने बताइएको छ ।
त्यस्तै मुर्चोक र ओडारे क्षेत्रमा समेत मतदाता भेटघाट कार्यक्रम राखिएको छ । मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय विकास, आगामी योजना, पार्टीका एजेन्डा तथा जनचासोका विषयमा छलफल गर्ने निर्वाचन परिचालन समितिले जनाएको छ ।
निर्वाचन आउन अब १८ दिन मात्रै बाँकी रहेको अवस्थामा उम्मेदवार भण्डारीले घरदैलो र भेटघाट अभियानलाई तीव्र बनाएका छन् ।






