धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–५ लापा गाउँमाथि देजोङ डाँडामा रहेको मोबाइल टावरमा समस्या देखिँदा झण्डै एक हप्तादेखि 4G इन्टरनेट सेवा प्रभावित भएको छ । टावरमा आएको प्राविधिक खराबीका कारण स्थानीय सेवाग्राहीहरू इन्टरनेट संचालनमा समस्या भएका हो ।
स्थानीयका अनुसार मोबाइल नेटवर्क भने संचालन भै रहेको छ ।
गाउँपालिकाका अन्य वडामा रहेका सेर्तुङलगायतका टावरहरू भने सञ्चालनमै रहेकाले समस्या लापा क्षेत्रमै केन्द्रित रहेको जनाइएको छ ।
सम्बन्धित दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई यथाशीघ्र टावर मर्मत गर्न स्थानीयको आग्रह रहेको छ ।






