धादिङ कारागारमा गोली चल्यो, एक कैदीको मृत्यु, सात घाइते

धादिङ । धादिङ कारागारभित्र केही कैदीहरूले आगो लगाएर भाग्ने प्रयास गरेपछि सुरक्षा निकायले गोली चलाउन बाध्य भएको छ। घटनामा एक कैदीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा कारबाही गरेका थिए। आगलागी नियन्त्रणका लागि दमकल समेत परिचालन गरिएको थियो।

थप विवाद र अव्यवस्था नहोस् भनेर धादिङ जिल्ला प्रशासन कार्यालयले बुधबार दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्म जिल्लाभर निषेधाज्ञा लागू गरेको छ।

मुख्य जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा वा धर्ना गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।