काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले देशभरको असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सञ्चालन नगरी छठ पर्व सकिएपछि मात्र नियमित पढाइ–पाठाइ अघि बढाउने निर्णय गरेको छ। विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको विज्ञप्तिमा भदौ २९ देखि असोज ५ सम्मका दिन कक्षा बन्द रहने उल्लेख गरिएको छ। ती दिनलाई हिउँदे बिदाबाट कटौती गर्ने निर्णय गरिएको छ।
नयाँ तालिका अनुसार त्रिवि अन्तर्गतका सम्पूर्ण कक्षा कार्तिक ११ गतेदेखि मात्र सुरु हुनेछन्। हालैको आन्दोलन र त्यसबाट उत्पन्न अव्यवस्थित अवस्थाले गर्दा शैक्षिक गतिविधि प्रभावित भएको र विद्यार्थीलाई सुरक्षित वातावरणमा मात्र पठनपाठन सुरु गरिने विश्वविद्यालयले स्पष्ट पारेको छ।




























