लुम्बिनी खतरा सूचीबाट मुक्त, तिलौराकोट सूचीकृत हुने तयारीमा

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको छ। फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औं बैठकले लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको पहलमा संरक्षण, पूर्वाधार विकास र विभिन्न सुधार कार्यक्रमले लुम्बिनीलाई सुरक्षित बनाएको बताइएको छ।

यसैबीच, गौतम बुद्धले बाल्यकाल बिताएको ऐतिहासिक तिलौराकोट दरबार क्षेत्रलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अन्तिम तयारी भइरहेको छ। आवश्यक कागजात युनेस्कोमा बुझाइएको र अब छिट्टै औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित नेपाली प्रतिनिधि टोली हाल पेरिसमा छलफलमा जुटिरहेको छ।