गज घलेको उपचारका लागि आर्थिक सहयोग जुट्दै: थप सहयोगको अपिल

धादिङ । हाल वीर अस्पताल, काठमाडौंमा उपचाररत रुवीभ्याली गाउँपालिका–५ स्थायी घर भई नीलकण्ठ नगरपालिका–१२, आप्सरामा बसोबास गर्दै आएका गज घलेको उपचारका लागि विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन्।

अल्सर अपरेसनपछि थप उपचार खर्च जुटाउन गरिएको आर्थिक अपिलपछि हालसम्म रु १७,५४५ रुपैयाँ संकलन भएको आयोजक टिमले जनाएको छ।

सहयोग गर्ने सहयोगी मनहरू :

१. बिजया मण्डली — रु ५,०४०
२. बिजया अनुग्रह मण्डली, आप्सरा — रु ५,०००
३. माया घले — रु १,०००
४. मन माया तामाङ — रु १,०००
५. पास्टर धनसिङ तामाङ — रु १,०००
६. खर्प तामाङ — रु ५००
७. नेत्र ब. घले — रु २००
८. सुनी माया तामाङ — रु ३००
९. भिम माया तामाङ — रु २००
१०. कल्पना तामाङ — रु २००
११. प्रीति माया घले — रु ३००
१२. आत्माया घले — रु ५००
१३. मिन तामाङ — रु १०५
१४. रस्मिता तामाङ — रु २००
१५. लक्ष्मी सिमखडा — रु १,०००
१६. चिप्पी तामाङ — रु १,०००
१७. सन्त बहादुर तामाङ — रु ५,०००
१८. शिलश तामाङ — रु २,०००
१९. कर्मान घले — रु ३,०००
२०. कृष्ण घले — रु १,५००
२१. गङगरम तामाङ — रु १,०००

जम्मा संकलित रकम : रु ३०,०४५

सहयोग गर्नुहुने सम्पूर्ण मनकारी दाताहरूलाई गज घलेको परिवार र आयोजक टिमले हार्दिक आभार व्यक्त गरेका छन्।

अहिले पनि उपचार खर्च अपुग भएकाले थप सहयोग आवश्यक रहेको र इच्छुक सहयोगी महानुभावहरूले तल उल्लेखित सम्पर्क नम्बर वा बैंक खातामा रकम पठाउन सकिने जानकारी दिइएको छ।

सहयोगका लागि सम्पर्क :

श्रीमती बम माया घले — ९७४२५३१८९९
माया घले — ९७६१६१३६०८

खाता विवरण :

नाम : माया घले
बैंक : सिद्धार्थ बैंक
खाता नम्बर : ५५५०३०५८२०७

सहयोगी मनहरूबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ।