त्रिपुरासुन्दरी गाउँपालिकामा पोते तथा क्रिस्टल माला बनाउने १५ दिने तालीम सुरु

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा पोते तथा क्रिस्टल माला बनाउने १५ दिने सीपमूलक तालीम सुरु भएको छ।

गाउँपालिकाको आर्थिक सहयोग तथा समृद्धि सेवा केन्द्रको प्राविधिक सहकार्यमा सञ्चालित सो तालीम २०८२ जेठ १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। तालीम त्रिपुरासुन्दरी गाउँपालिका, सल्यानटार, धादिङमा सञ्चालन हुँदैछ।

तालीमको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री देवराज धरेल प्रमुख अतिथि रहनुहुँदा योजना शाखा अधिकृत नवराज श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष सुबाश अधिकारी, महिला बालबालिका शाखा प्रमुख बिना सिटौला लगायतको आतिथ्य रहेको थियो।

उद्घाटन समारोहमा प्रमुख अतिथि धरेलले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको यो तालीमले महिलाहरूको आयआर्जनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। अन्य अतिथिहरूले पनि तालीमको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीयस्तरमै रोजगारी सिर्जना हुने आशा व्यक्त गरे।