खनियाबासको राष्ट्रिय युवा संघको दोस्रो पालिका अधिबेशन सम्पन्न: अध्यक्षमा नारायण तामाङ

धादिङ । खनियाबास गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपालको नयाँ कार्यसमिति चयन गरिएको छ। वडा नं ४, दार्खामा सम्पन्न अधिवेशनले नारायण तामाङलाई अध्यक्षमा चयन गरेको हो।

२५ सदस्यीय कार्यसमिति गठन गरिएको उक्त अधिवेशनमा आशिष तामाङ उपाध्यक्ष, कृष्ण तामाङ सचिव, योन्जा तामाङ सहसचिव र सोम बहादुर तामाङ कोषाध्यक्ष चयन भएका छन्।

अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य ईमान तामाङ प्रमुख अतिथि रहेका थिए भने युवा संघका जिल्ला इन्चार्ज कामल सिलवाल र जिल्ला अध्यक्ष सुनिल तामाङ विशेष अतिथिका रूपमा सहभागी भएका थिए।