धादिङ । नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नं.२ मार्पाक, पुख्रिमा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।
उक्त कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न देश बिदेश बाट आर्थिक रकम सहयोग गर्नेको संख्या समेत वृद्धि भएको छ ।
सहयोगीहरुको नामावली:
सोम राई तामाङ हाल अमेरिका -10000/
काजिराम अधिकारी- 5000/
पदम लोप्चन -10000/
सागर लोप्चन-5000/
बिर ब तामाङ -2600/
सुनिता तामाङ -5000/
राज बिर गुरुङ -5000/
कुशल मम्बा-5000/
सिद्धार्थ घले-5000/
राजु तामाङ -5020/
मदन तामाङ -5000/
राम – लक्ष्यमण अ. क्ष -5000/
रमेश घिसिङ -2220/
चतुर गोले-5000/
अनिल अधिकारी -5555/
समृत घले चोदेन-7140/
टेकबहादुर तामाङ -2000/
सुजिता गुरुङ 20000/
बुद्ध तामाङ-5100/
भिम माया तामाङ -5020/
अमर गुरुङ लामीडाँडा- 5000/
चतुर वाईबा-7875/
बिरमान तामाङ(नुवाकोट बुङताङ) -5000/
राम तामाङ- 5000/
सुकेल प्रगतिशिल युवा क्लबको आयोजनामा यहि माघ १ गते मञ्जुश्री संवत् २८६१ औं डुल ल्हो सोनाम ल्होछार तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको हो । संविधान सभा सदस्य विर बहादुर तामाङ (चम्पासिंह) को प्रमुख आतिथ्यता, नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष मेघनाथ रिजाल र उपाध्यक्ष सिता चोदेनको विशेष अतिथ्यतामा संचालन हुने कार्यक्रममा चर्चित बाल गायक voice of kids session 2 को प्रतिस्पर्धी तथा हालसालै हुँदै गरेको सा रे ग म प ध को अडिसनमा भिड्दै गरेको १२ बर्षे बाल गायक राजेश परियार, चर्चित म्हेन्दोमाया कलाकार सन्दीप स्याम्चेन, चर्चित लोक गायिका सञ्जु लामा,मोडल तथा गायक रितु वाईबाको बिशेष प्रस्तुती रहने सुरेस लोप्चनले होराईजन खबरलाई जानकारी दिनु भयो ।
साथै उक्त अबसरमा गोरु जुदाई कार्यक्रम पनि हुने र साथमा स्थानिय कलाकारहरुद्वारा म्हेन्दोमाया नृत्य प्रस्तुती रहने आयोजकका तर्फबाट अध्यक्ष तामाङले बताउनुभयाे ।
साेनाम ल्होछार सफल पार्नकाे लागि बिभिन्न समाजसेबीहरुले बिभिन्न ठाउँबाट सहयोग गर्ने क्रम जारी रहेकाे र सहयाेग गर्ने सम्पूर्णमा आयोजक समितिकाे तर्फबाट हार्दिक आभार प्रकट गरिएको समेत तामाङ्गले बताउनुभयाे ।






