नेत्रावती डब्जोङ गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता घोषणा

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको रूपमा घोषणा गरिएको छ। ‘पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने नारासहित कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले आगामी दिनमा गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा बनाउने योजना रहेको जानकारी दिनुभयो।

जिल्ला खोप समन्वय समितिका सदस्य सचिव श्याम पोखरेलले खोप पाउनु हरेक बालबालिकाको अधिकार भएको उल्लेख गर्दै यस अभियानलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।

खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीयवासीको सक्रियता उल्लेखनीय रहेको जनाइएको छ।