कमेडी च्याम्पियनको उपाधि भरतमणिलाई, जिते कार र २५ लाख नगद

कमेडी च्याम्पियन सिजन- २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । उत्कृष्ट प्रस्तुति दिँदै टप – ३ मा पुगेका ताप्लेजुङका पौडेल उपाधि चुम्न सफल भएका हुन् ।

कमेडी च्याम्पियनको फिनाले शनिबार सम्पन्न भएको थियो । उक्त फिनालेमा दर्शकहरुबाट सबैभन्दा बढी भोट पाएका पौडेललाई आयोजकले विजेता घोषणा गरेको थियो ।

उपाधि जितेसँगै उनले डाट्सनको कार एकथान र नगद २५ लाग प्राप्त गरेका छन् । सामाजिक र राजनीतिक बिषयलाई ‘कन्टेन्ट’ बनाएर प्रस्तुति दिँदै आएका भरतमणि विजेता बन्नु अघि नै दर्शकमाझ लोकप्रिय बनेका थिए ।

बिशेषत उनलाई गाकुल बास्कोटा, योगेश भट्टराई र पूर्वयुवराज पारस शाहको क्यारिकेचरले दर्शकमाझ परीचित गराएको थियो । उनलाई जिताउन उनकै जिल्ला ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पनि भोटको अपिल गरेका थिए ।

त्यस्तैगरी गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप भएका छन् । उनले स्कुटर प्राप्त गरेका छन् । उनलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको साथ थियो । पूर्वप्रधानमन्त्री भट्टराईले उनका लागि सामाजिक संजालमा भोटको अपिलसमेत गर्दै आएका थिए ।

त्यस्तैगरी बिक्की अग्रवाल फस्ट रनरअप बन्न सफल भएका छन् उनले टीभीएरको आपाची मोटरसाईकल प्राप्त गरेका छन् । उनी भारत सिक्किमका नागरिक हुन् । उनलाई पनि सिक्किमका मुख्यमन्त्रीको साथ थियो ।

शनिबार सम्पन्न ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो । विजेता तथा सेकेण्ड रनरअपको घोषणा मदनकृष्ण र हरीबंशले नै गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here