नेपाल लेखापढी कानुनी ब्यवसायी एसोसिएसन धादिङको अध्यक्षमा राम प्रसाद नेपाल विजयी ।

नेपाल लेखापढी कानुनी ब्यवसायी एसोसिएसन जिल्ला कार्य समिति धादिङको २५ औ जिल्ला अधिबेशन धादिङ बेशिको सिरान बजार स्थित क्रीक रिसोर्टमा सम्पन्न भयाे। अाज सम्पन्न अधिवेशनबाट राम प्रसाद नेपाल विजयी हुनु भयाे ।

रामप्रसाद नेपालले यस अघि पनि २ पटक सम्म अध्यक्षतामा दाबी गरिसकेका थिए । पहिलो पटक सर्बसहमति मै अर्का उम्मेदवारीलाई अध्यक्ष बनाएको र अघिल्लो पटक ३ भोटले भाेज वहादुर परियारसंग पराजित भएका थिए । यस पटककाे अधिवेशनलमा अध्यक्ष पदमा राम प्रसाद नेपाल र भरत प्रसाद खतिवडा काे उमेदवारी रहेकाे हाम्रा संवाददाता बिमल तामाङ र सुर्य तामाङले बताउनु भयाे ।

मुख्य गरि मालपोतमा लेखापढी गर्ने नेपाल लेखापढी कानुनी ब्यवसायी एसोसिएसनको हरेक ३/३ बर्षमा अधिबेशन हुने गर्दछ । अघिल्लो अधिबेशनमा भोज बहादुर परिवार अध्यक्षमा बिजय भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here