धादिङ । जिल्लाको गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा आयोजित निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४०१ जनाले सेवा लिएका छन्। लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको आयोजनामा सम्पन्न शिविरमा ३१९ महिला र ८२ पुरुषले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका हुन्।
शिविरमा भिडियो एक्स–रे, स्त्री तथा प्रसुति, हाडजोर्नी, बालरोग, दन्तरोग, जर्नल सर्जरी, मानसिक रोग लगायतका सेवासँगै निःशुल्क औषधि वितरण गरिएको थियो।
कार्यक्रम संयोजक डा. दिनेश रेग्मीले शिविरले विपन्न तथा सीमान्तकृत समुदायलाई स्वास्थ्य पहुँच पु¥याएको र नियमित स्वास्थ्य परीक्षणको आवश्यकता भन्ने सन्देश दिएको बताए। संस्थाका अध्यक्ष विक्रम विकले सामाजिक सेवा निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।






