राज गोम्जाको नयाँ डान्सिङ सेलो ‘तामाङको छोरो हिरो नम्बर वान’ गीत सार्वजनिक

धादिङ । रुबिभ्याली गाउँपालिका–५ तेन्चेतका युवा गायक राज गोम्जा तामाङको नयाँ डान्सिङ सेलो अडियो गीत ‘तामाङको छोरो हिरो नम्बर वान’ सार्वजनिक भएको छ।

नेपाली तामाङ सेलो गीतमा फरक स्वाद भरेर ल्याइएको यस गीतमा टीका बम्जनको शब्द तथा संगीत रहेको छ भने राज गोम्जाकै आवाज रहेको छ। गीत Raj Gomja Official Youtube Channel मार्फत सार्वजनिक गरिएको हो।

धादिङका युवाहरुलाई समेटेर, आफ्नै वास्तविक जीवनको अनुभूति र गाउँघरको परिवेशलाई गीतको शब्दमा उतारिएको बताइन्छ। गीत सार्वजनिकसँगै श्रोता–दर्शकबाट राम्रो प्रतिक्रिया आउन थालेको छ।

राज गोम्जाले यसअघि आफ्नै समुदायको चर्चित ‘तामाङ ठिटो म’ गीतमार्फत पहिचान बनाएका थिए। हालसम्म सो गीतले युट्युबमा ६ लाखभन्दा बढी भ्यूज कमाइसकेको छ।

नयाँ गीतले पनि लोकदोहोरी र सेलो गीत प्रेमी दर्शकलाई लोभ्याउने अपेक्षा गरिएको छ।