काठमाडौ । नेपालमा कोभिड–१९ को संक्रमण विस्तारै बढ्न थालेको छ। पछिल्लो तथ्यांक अनुसार देशभर ३१ जिल्लामा २४९ जना संक्रमित भेटिएका छन्। पछिल्लो सातामा मात्र ३५ जना संक्रमित थपिएका छन् भने एक जनाको ज्यान गएको छ।
स्वास्थ्य मन्त्रालयले सीमा नाकाहरूमा हेल्थ डेस्क राखेर परीक्षण तीव्र बनाइएको जनाएको छ। साथै, स्वास्थ्य सरसफाइमा ध्यान दिन, मास्क प्रयोग गर्न, साबुनपानीले हात धुन र संक्रमणको लक्षण देखिएमा घरमै अलग बस्न अनुरोध गरिएको छ।
अझै पनि सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ।