काठमाडौँ, असार २० — प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन्। उनी ‘विकासका लागि वित्त’ विषयक संयुक्त राष्ट्रसंघको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका थिए। २९ सदस्यीय टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य र परराष्ट्र अधिकारीहरू पनि सहभागी थिए। प्रधानमन्त्री ओली मेड्रिडबाट दोहा हुँदै काठमाडौँ फर्किएका हुन्।