संयुक्त राष्ट्रसंघका विज्ञको चेतावनी: इजरायलसँग व्यापार नगर्नुहोस्

अन्तरास्ट्रिय खबर । संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञ फ्रान्सेस्का अल्बानिजले दर्जनौँ बहुराष्ट्रिय कम्पनीलाई इजरायलसँग व्यापार बन्द गर्न आग्रह गरेकी छन्। उनले चेतावनी दिँदै भनिन् — गाजा र वेस्ट बैंकमा भइरहेका युद्ध अपराधमा सहभागी ठहर्ने जोखिम रहेको छ। मानव अधिकार परिषद्मा प्रतिवेदन प्रस्तुत गर्दै उनले यो अवस्थालाई ‘नरसंहारको अर्थतन्त्र’ भनेकी छन्।

इजरायलले भने उक्त प्रतिवेदनलाई ‘निराधार’ बताउँदै अस्वीकार गरेको छ। अल्बानिजले गाजामा जबाफदेहिता र अनुगमनबिनाको परीक्षणस्थलजस्तो अवस्था बनाइएको टिप्पणी गरेकी हुन्। संयुक्त राष्ट्रसंघका विज्ञहरू स्वतन्त्र हैसियतमा बोल्ने भए पनि यो विषयलाई लिएर अन्तर्राष्ट्रिय व्यापार र मानव अधिकार बहस पुनः तातिएको छ।