तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु, ३२ जना घाइते

अन्तरास्ट्रिय खबर । दक्षिणपश्चिम चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

प्राप्त विवरणअनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा नाग्छु सहरको बाकेन काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको र २१ जनालाई सामान्य चोट लागेको जनाइएको छ।

भूकम्पका कारण ३३९ भन्दा बढी घर भत्किएका छन्। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ भने उद्धार तथा राहत कार्य जारी छ।

भूकम्पबाट विस्थापित भएका नागरिकलाई सुरक्षित आश्रय उपलब्ध गराउन सुरक्षाकर्मी तथा अग्नि नियन्त्रण विभागका टोलीले अस्थायी पाल निर्माण गरिरहेका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो भूकम्प उक्त क्षेत्रमा पछिल्लो पाँच वर्षयताकै शक्तिशालीमध्ये एक हो। घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

#HorizonKhabar #विश्वसमाचार #तिब्बत #भूकम्प