धादिङमा एसईई नतिजा : ८ जनाले ४ जीपीए ल्याए

धादिङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ। यस वर्ष धादिङ जिल्लामा कुल ६२.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

उत्तीर्णमध्ये ८ जना विद्यार्थीले उत्कृष्ट ४.०० जीपीए ल्याउन सफल भएका छन्। तीमध्ये ५ जना सामुदायिक विद्यालय र ३ जना निजी विद्यालयका विद्यार्थी हुन्।

सामुदायिक विद्यालयतर्फ नीलकण्ठ, गजुरी, सुनौलोभैरवी र जनकल्याण माविका विद्यार्थीले उत्कृष्ट नतिजा दिएका छन्। निजी विद्यालयतर्फ भने किवो बोर्डिङ स्कुल र चिल्ड्रेन पार्क बोर्डिङ स्कुलका विद्यार्थीले ४ जीपीए ल्याएका हुन्।

जिल्ला शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको प्रगति सन्तोषजनक देखिएको छ।