काठमाडौ । गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएकोमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
नतिजा www.neb.gov.np वा मोबाइलबाट १६०० डायल गरी सिम्बोल नम्बर राखेर हेर्न सकिनेछ।
यसपालि असार ७ गते नतिजा प्रकाशन गर्ने भनिए पनि शिक्षक आन्दोलनका कारण ढिला भएको थियो। आन्दोलनपछि सहमति जुटेपछि मात्र कापी जाँच प्रक्रिया अघि बढेको हो।






