रुवीभ्याली ग्रामीण अस्पतालमा २४ सै घण्टा चिकित्सक सहितको स्वास्थ उपचार सेवा सुरु

धादिङ । रुवीभ्याली गाउँपालिकामा २४ सै घण्टा चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरू गरिएको छ ।
गाउँपालिकाले रुवीभ्याली आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा स्वास्थ्योपचार प्रदान गर्न सुरू गरेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए ।
नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए ।
‘अहिले हामीकहाँ ल्याब, इसिजी, भिडिओ एक्सरे, एक्सरे लगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ’, उनले भने, ‘अस्पतालमा चिकित्सकसहितको उपचार सेवा गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई धादिङवेशी वा काठमाडौं सिफारिस गर्ने गरिएको छ ।’
गाउँमै २४ सै घण्टा स्वास्थ्योपचार सेवा सुरू भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको डा.नितिश यादवले जानकारी दिए ।
गाउँपालिकाले आफ्नो पालिकाका सबै नागरिकलाई धादिङ जिल्ला अस्पतालमा समेत नि:शुल्क स्वास्थ्य उपचार सेवा दिदै आएको छ ।