नवलपुर — नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका–२ मा विषालु च्याउ खाँदा १६ जना बिरामी भएका छन्। स्थानीय एक घरमा भवन ढलानको काम सकेपछि गरिएको भोजमा च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन्।
प्राप्त जानकारीअनुसार, बिरामीमध्ये केहीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई भरतपुरस्थित अस्पतालहरूमा उपचारका लागि लगिएको छ।
उनीहरू सबै सोही गाउँका स्थानीय हुन्।
चिकित्सकले मनपरी वनजंगलमा उम्रिएको च्याउ पहिचान नगरी खाँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्।