काठमाडौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रअन्तर्गत गुल्मी र बाग्लुङ जिल्लाका केही स्थानीय तहमा बसोबास गर्ने नागरिकहरूलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा १० लाख ३० हजार ५ सय कित्ता सेयर खुला गरेको छ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार ९५० कित्ता सेयर छुट्याइएको छ। इच्छुक व्यक्तिहरूले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन्।
यस सेयर बिक्री तथा वितरणको सम्पूर्ण प्रक्रिया लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ।