इजरायल-इरान युद्ध चर्किँदा ट्रम्पको चेतावनी: “तेहरान तुरुन्तै खाली गर”

अन्तर्राष्ट्रिय खबर । इजरायल र इरानबीच भइरहेको भिडन्तले नयाँ मोड लिँदा अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान छाड्न आग्रह गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत तेहरान खाली गरिनुपर्ने सन्देश दिएका हुन्।

उनले भनेका छन्, “इरानसँग कुनै हालतमा आणविक हतियार हुनु हुँदैन। सबैले तेहरान तत्काल खाली गर्नु उचित हुन्छ।”

इजरायलको आक्रमणमा हालसम्म इरानमा २२४ जनाको मृत्यु भएको र जवाफी हमलामा इजरायलमा २४ जनाले ज्यान गुमाएका छन्। दुबै देशबीच युद्ध जारी रहँदा यो अभिव्यक्ति आएको हो।

ट्रम्पले यसअघि पनि इरान युद्ध जितिरहेको छैन भनेका थिए।