काठमाडौं । देशभर अहिले दुई प्रकारका वायु प्रणाली सक्रिय रहेका छन्। एकातिर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने अर्कातिर देशको पश्चिम भूभागमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
यस प्रभावका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली छ। केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कुन-कुन ठाउँमा कस्तो सम्भावना ?
कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षा र चट्याङ हुने सम्भावना।
कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा भारीदेखि धेरै भारी वर्षाको जोखिम।
ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना।
सतर्कता अपनाउन आग्रह
महाशाखाले भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ।
रातिसम्म पनि यही अवस्था निरन्तर रहने पूर्वानुमान गरिएको छ।