त्रिपुरासुन्दरीका महिलालाई पञ्चेबाजा सम्बन्धि तालिम सुरु

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा महिला लक्षित पञ्चेबाजा तालिम सुरु गरिएको छ। सोमबार एक विशेष कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको हो। तालिम वडा नं. ७ का महिलाहरूलाई प्रदान गरिनेछ।
उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, प्रवक्ता कुश ब. सिटौला, वडा नं. ५ का अध्यक्ष सुबास अधिकारी, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी, शाखा अधिकृत नवराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

गाउँपालिकाले मौलिक कला, संस्कृति तथा परम्परागत बाजा संरक्षणका साथै महिलालाई स्वरोजगार तथा सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले तालिम संचालन गरेको जनाएको छ। तालिममा स्थानीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको छ।

गाउँपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने र लोपोन्मुख पञ्चेबाजाको पहिचान जगेर्ना गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाएको छ।